डोटीमा बस दुर्घटना, ११ जना घाइते, ६ गम्भीर • Image Khabar Image Khabar


डोटीमा बस दुर्घटना, ११ जना घाइते, ६ गम्भीर


Imagekhabar
२ कार्तिक २०७६, शनिबार १७:३२

डोटीमा बस दुर्घटना, ११ जना घाइते, ६ गम्भीर

विक्रम खड्का (इमेज)

डोटी, कात्तिक २ । डोटीमा शनिबार एक यात्रीवहाक बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ ।

अरु घाइतेलाई सामान्य चोटपटक लागेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दिलीप देउवाले जानकारी दिए ।

घाइतेहरुलाई उपचारका लागि कैलालीको अत्तरियास्थित पद्मा अस्पताल लगिएको उनले बताए ।

ना४ख ८२३५ नम्बरको बस डोटीको जोरायल गाउँपालिका–२, गरुडमा दुर्घटना भएको हो ।

डडेल्धुराबाट बस कन्चनपुरको महेन्द्रनगरतर्फ जाँदै थियो । बस सडकबाट करिब १० मिटर तल खसेको छ ।

दुर्घटनाको कारण खुलिसकेको छैन । अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्