टेलिकमको ‘अटम अफर’ • Image Khabar Image Khabar


टेलिकमको ‘अटम अफर’


Imagekhabar
१ कार्तिक २०७६, शुक्रबार २०:२८

टेलिकमको ‘अटम अफर’

काठमाडौं, कात्तिक १ । नेपाल टेलिकमले विभिन्न ‘प्याकेज’सहितको ‘अटम अफर’ ल्याएको छ ।

यसअघि उपलब्ध ‘समर अफर’अन्तर्गत्का प्याकेजमा केही थप सुविधासहित अटम अफर ल्याइएको कम्पनीले जनाएको छ ।

यस अफरअन्तर्गत्को सेवा बिहीबार (असोज ३० गते)देखि ९० दिनसम्म लिन सकिने व्यवस्था गरिएको छ ।

पहिले उपलब्ध भएका ‘डे डाटा प्याक’, ‘डे भ्वाइस प्याक’ र ‘एफटीटीएच कम्बो प्याक’लाई परिमार्जन गरी अझै ग्राहकमैत्री बनाइएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्