Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


न्यायाधीश शाही बर्खास्त


0
Shares

काठमाडौं, कात्तिक १ । उच्च अदालत पोखराका न्यायाधीश नरबहादुर शाहीलाई सेवाबाट बर्खास्त गरिएको छ ।

गोर्खा ब्रुअरीको कर विवादसम्बन्धी मुद्दामा क्षेत्राधिकार मिचेर आदेश गरेको आरोप लागेका शाहीलाई न्याय परिषद्ले न्यायिक विचनलनमा परेको ठहर गर्दै सेवाबाट बर्खास्त गर्न सिफारिस गरेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले शुक्रबार बर्खास्त गरेका हुन् ।

गोर्खा ब्रुअरीको करसम्बन्धी मुद्दा हेर्दा क्षेत्राधिकार मिचेको भन्दै शाहीसहित अरु दुई न्यायाधीशमाथि छानबिन गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो ।