‘अल्टिमेट आकाश’ विमोचित • Image Khabar Image Khabar


‘अल्टिमेट आकाश’ विमोचित


Imagekhabar
१ कार्तिक २०७६, शुक्रबार १९:५६

‘अल्टिमेट आकाश’ विमोचित

काठमाडौं, कात्तिक १ । युवा साहित्यकार सन्तोष लामिछानेको उपन्यास ‘अल्टिमेट आकाश’को शुक्रबार विमोचन गरिएको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीलगायतले सो उपन्यासको विमोचन गरेका हुन् ।

उपन्यासमा नेपाली समाजका बेथिति र विसंगति समावेश गरिएको छ ।

पारिवारिक कारणले पढ्नका लागि अमेरिका पुगेका एक युवाको कथा समावेश गरिएको उपन्यासले अमेरिका जाने मोह र त्यहाँ पुगेपछिको समस्यालगायतका विषयहरु उठान गरेको छ ।

कार्यक्रममा लेखक लामिछानेले आफू अमेरिका बस्दा देखेको र भोगेको समस्याहरु उपन्यासमा समावेश गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्