२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


एमबीबीएस र बीडीएसको अध्ययन शुल्क बढाइयो


0
Shares

काठमाडौं, कात्तिक १ । चिकित्सा शिक्षा आयोगले आगामी दुई वर्षका लागि एमबीबीएस र बीडीएसको अध्ययन शुल्क बढाएको छ ।

आयोगको बिहीबार (असोज ३० गते)को निर्णयले एमबीबीएस र बीडीएसमा ४.५ प्रतिशतले अध्ययन शुल्क बढाइएको हो ।

नेपाल राष्ट्र बैंकको मुद्रास्फीतिका आधारमा यस वर्षदेखि नै लागू हुनेगरी आगामी दुई वर्षका लागि शुल्क निर्धारण गरिएको आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले जानकारी दिए ।

जसअनुरुप अब एमबीबीएसतर्फको काठमाडौं उपत्यकाभित्र शुल्क ४० लाख २३ हजार २५० र उपत्यकाबाहिर ४४ लाख ३६ हजार २५ रुपैयाँ शुल्क तोकिएको छ  ।

यस्तै, बीडीएसतर्फ २० लाख १९ हजार ५८० रुपैया तोकिएको छ ।

चिकित्सा शिक्षा ऐनले नै प्रत्येक दुई वर्षमा नेपाल राष्ट्र बैंकको मुद्रास्फीतिअनुरुप शुल्क निधारण हुने व्यवस्था गरेको छ ।

यसअघि, उपत्यकाभित्र एमबीबीएसतर्फ ३८ लाख ५० हजार तोकिएको थियो भने उपत्यकाबाहिर ४२ लाख ५० हजार शुल्क थियो । यस्तै, बीडीएसतर्फ १९ लाख ३२ हजार ६१२ रुपैयाँ निर्धारण थियो ।