
काठमाडौं, कात्तिक १ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले शान्ति–सम्झौतामा गरिएका प्रतिबद्धताहरु पूरा गर्नेतर्फ सरकारले तत्परता नदेखाएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा महिला विकास तथा कानुन मञ्चले गरेको कार्यक्रममा अध्यक्ष शर्माले द्वन्द्वपीडितहरुले अझै न्याय पाउन नसक्नु दुःखद् भएको बताए ।
कानुनले सबैलाई विशेष अवसर दिएपनि यसको कार्यान्वयनमा भएको ढिलासुस्तीले राज्यप्रति जनताको विश्वास गुम्दै जाने खतरा बढेको उनको भनाइ छ ।
उनले महिला अधिकारका विषयमा केही उपलब्धि हासिल भएपनि निर्णायक तहमा भने उनीहरुको पहुँच अझै नपुगेको बताए ।
कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव चन्द्रप्रसाद घिमिरेले महिला हिंसा कम गर्न मन्त्रालयले योजना तयार पार्ने तयारी गरिरहेकाले मन्त्रालयलाई यससम्बन्धी सुझाव र सल्लाह दिन सम्बन्धित पक्षसँग आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्