विप्लव समूहका म्याग्दी इन्चार्ज र जिल्ला सेक्रेटरी पक्राउ • Image Khabar Image Khabar


विप्लव समूहका म्याग्दी इन्चार्ज र जिल्ला सेक्रेटरी पक्राउ


Imagekhabar
१ कार्तिक २०७६, शुक्रबार १०:१४

विप्लव समूहका म्याग्दी इन्चार्ज र जिल्ला सेक्रेटरी पक्राउ

वाग्लुङ । जिल्ला अदालत बागलुङमा धरौटी बुझाएर तारेखमा छुटे लगत्तै विप्लव समूह माओवादीका कार्यकर्ता कमानसिंह नकाल क्षेत्री र बाबुलाल शाक्य पक्राउ परेका छन् । 

विप्लव माओवादीका तत्कालीन म्याग्दी इञ्चार्ज क्षेत्री र म्याग्दी जिल्ला सेक्रेटरी शाक्यले अदालतमा १०/१० हजार रुपैया धरौटी बुझाएर तारेखमा छुटे लगत्तै प्रहरीले हिजो नियन्त्रणमा लिएको हो ।

अदालतले कार्तिक १७ गते तारेखमा अदालतमा उपस्थिति हुन आदेश दिएको थियो ।

तारेखमा उपस्थिति हुने आदेश पाए पछि बाहिरिदै गर्दा अदालतको गेटबाट नै उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर हत्कडी लगाएकोे थियो ।

उनीहरु गत साउन–३ गते म्याग्दीको नगरपालिका वडा नम्बर ३ भकिम्लीस्थित नयाँ पुलबाट पक्राऊ परेका थिए ।

क्षेत्री र शाक्यलाई राज्य विरुद्धको कसुरमा मुद्धा दर्ता गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्