नेपाललाई ‘ल्यान्डलक्ड’बाट ‘ल्यान्डलिंक्ड’मा रुपान्तरण हुन चीनले सघाउने • Image Khabar Image Khabar


नेपाललाई ‘ल्यान्डलक्ड’बाट ‘ल्यान्डलिंक्ड’मा रुपान्तरण हुन चीनले सघाउने


Imagekhabar
२६ आश्विन २०७६, आईतवार ०६:२३

नेपाललाई ‘ल्यान्डलक्ड’बाट ‘ल्यान्डलिंक्ड’मा रुपान्तरण हुन चीनले सघाउने

                                      तस्वीर : रासस

काठमाडौं, असोज २६ । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको आर्थिक विकासमा चीन सरकार साझेदार बन्ने बताएका छन् ।

नेपालको दुई दिने राजकीय भ्रमणका लागि शनिबार काठमाडौं आएका सीले साँझ उनको सम्मानमा होटल सोल्टीमा आयोजित रात्रिभोजलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।

उनी नेपाली समकक्षी विद्यादेवी भण्डारीको निमन्त्रणामा काठमाडौं आएका हुन् ।

रात्रिभोजलाई सम्बोधन गर्दै सीले हिमालय सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने, रसुवागढी छहरेदेखि काठमाडौंसम्म सुरुङमार्ग निर्माण गर्ने र अरनिको राजमार्गको स्तरोन्नतिमा सहयोग गर्ने प्रतिवद्धता जनाए । सीले नेपाललाई ल्यान्डलक्डबाट ल्यान्डलिंक्डमा रुपान्तरण हुन चीनले सघाउने पनि बताए ।

उनले भूकम्पपछिको पुनर्निर्माणका लागि चीनको सहयोगमा अघि बढेका परियोजनालाई पनि द्रुत गतिमा पूरा गर्ने प्रतिबद्धता जनाए । –नागरिक दैनिकबाट

 

प्रतिक्रिया दिनुहोस्