१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


बाराका प्रजिअ र प्रहरी प्रमुख सुरक्षा जाँच गर्न आफैं सडकमा


0
Shares

प्रकाश लम्साल (इमेज)

बारा, असोज २२ । चाडपर्वलाई लक्षित गरी बाराका राजमार्गमा सुरक्षा चेकजाँचलाई कडा पारिएको छ ।

बाराका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख सुरक्षा जाँच गर्न आफैं सडकमा खटिएका छन् ।

दशकौंपछि जिल्ला प्रमुखहरु सडकमै आफैं खटेर सुरक्षा कार्ययोजना लागू गरेपछि राजमार्गमा शान्ति–सुरक्षा सबल बनेको छ ।

राजमार्गमा हुने अपराध, चोरी, लुटपाट, ठगी, मादकपदार्थ सेवनलगायत यात्रीको विशेष ध्यान राख्दै यही असोज ५ गतेदेखि आउँदो कात्तिक १८ गतेसम्मका लागि चाडपर्वलक्षित सुरक्षा योजना लागू गरिएको हो ।

बाराको पथलैयाचोकमा खटिएर उनीहरुले राजमार्ग सुरक्षाको प्रत्यक्ष अनुभूति दिलाउने कार्य गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले चालकको मापसे, यात्री सुरक्षा र जोखिम कम गर्ने उद्देश्यले अभियान चलाएको बताए ।

उनीहरुले मापसे चेकजाँच, बढी भाडा लिएका सवारी–साधनबाट रकम फिर्ता गराउनेदेखि सडकमै यात्रीसँग शुभकामना आदानप्रदान गरिरहेका छन् ।

चाडपर्व अवधिभर सवारी दुर्घटना, चोरी, डकैती, लुटपाट, पटका तस्करी, कालोबजारी, दुर्घटना न्यूनीकरण, झै–झगडा तथा हिंसात्मक घटनाहरू हुन नदिन र समाजमा शान्ति–सुव्यवस्था तथा अमनचयन कायम गरी जनतामा सुरक्षाको प्रत्यक्ष अनुभूति दिलाउन जिल्ला सुरक्षा समितिले योजना लागू गरेको हो ।

सुरक्षा प्रमुखहरु प्रत्यक्ष सहभागी भएपछि जिल्लामा अप्रिय घटना हुन नपाएको प्रहरीले जनाएको छ ।