२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


खड्ग जात्रा मनाइयो


0
Shares

काठमाडौं, असोज २१ । काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लामा मंगलबार खड्ग जात्रा पर्व मनाइएको छ ।

विजयादशमीको दिन नेवार समुदायले खड्ग जात्राका अवसरमा विभिन्न शक्तिपीठमा तन्त्र साधना र खड्ग धारण गरी टोल तथा गुठीका मानिस निस्कने गर्दछन् ।

यसै अवसरमा मनमानेश्वरी मानन्धर समाजमा आवद्ध मानन्धरहरुले पनि मंगलबार खड्ग जात्रा पर्व मनाएका छन् ।

खड्ग धारण गरेर नगर परिक्रमा गरिसकेपछि आसुरी प्रवृत्तिको प्रतीक कुभिन्डोलाई खड्गले प्रहार गरी जात्रा सम्पन्न गरिन्छ ।

खड्ग जात्रामा शक्तिपीठहरुबाट तन्त्र साधना गरी साँझ देवदेवीको मूर्ति रहेको शक्तिपीठको मूलघरबाट खड्ग जात्रा निकालिन्छ ।