१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


उपराष्ट्रपतिबाट टीका ग्रहण


0
Shares

काठमाडौं, असोज २१ । उपराष्ट्रपति नन्दबहादुर पुनले आफ्ना बुवाबाट यस वर्षको दसैंको टीका ग्रहण गरेका छन् ।

उनले मंगलबार उपराष्ट्रपति भवन, हरितगृहमा आफ्ना ८६ वर्षीय बुवा रामसुर पुनबाट दसैंको टीका ग्रहण गरेको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिएका छन् ।

यसैगरी, उपराष्ट्रपति पुनले आफ्ना सचिवालय सदस्य, सुरक्षाकर्मी र केही आफन्तलाई टीका लगाइदिएका छन् । रासस