२० आश्विन २०८१, आइतबार | Sun Oct 6 2024


दसैंको टीका लगाइँदै


0
Shares

काठमाडौं, असोज २१ । हिन्दूहरुको महान् चाड बडादसैंको दशमीका दिन आज मान्यजनबाट टीका, जमरा र प्रसाद लगाइँदैछ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले टीकाको उत्तमसाइत मंगलबार बिहान १० बजे ३५ मिनेटका लागि तोकेअनुसाको समयमा टीका लगाउने प्रचलन छ ।

दसैंमा दक्षिणाकारुपमा नयाँ नोटका साथै नयाँ कपडा, फलफूल र अन्य सामग्री उपहार दिने पनि चलन हो ।

काठमाडौं उपत्यकाका सडकमा टीका थाप्न जाने–आउनेको चहलपहल सुरु भएको छ ।

दसैंको बिदा भएको र काठमाडौंबाहिर दसैं मान्न ठूलो संख्यामा मानिस गएकाले काठमाडौंको सडक भने प्रायः सुनसान देखिएको छ । रासस