
मनीष गुप्ता (इमेज)
कपिलवस्तु, असोज २१ । कपिलवस्तुको कृष्णनगर–बढनी सीमानाका १८ घन्टाका लागि बन्द हुने भएको छ ।
मंगलबार मध्याह्न १२ बजेदेखि बुधबार बिहान ६ बजेसम्मका लागि सीमा बन्द हुने भएको हो ।
नेपालको कृष्णनगर र भारतको बढनीमा दुर्गामूर्ति विर्सजन एकै दिन परेकाले शान्ति–सुरक्षाका लागि १८ घन्टा सीमा बन्द हुने जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।
गएको वर्ष मूर्ति विर्सजनकाक्रममा विवाद र झडप भएको थियो ।
सोही झडपलाई मध्यनजर गरी यो वर्ष दुई देशका प्रशासनले नै १८ घन्टाका लागि सीमानाका बन्द गराउने निर्णय गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्