२३ जेष्ठ २०८०, मंगलबार | Tue Jun 6 2023


सावित्रा एक्लैले गरिन् ५ गोल


0
Shares

काठमाडौं, साउन ९ । उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग फुटबलमा सशस्त्र प्रहरीले शानदार सुरुआत गरेको छ ।

बुधबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा सशस्त्रले काठमाडौं जिल्ला फुटबल संघलाई १०–० को फराकिलो अन्तरले हरायो ।

सशस्त्रलाई जिताउनेक्रममा सावित्रा भण्डारीले ५ तथा अनिता केसीले ह्याट्रिक गरिन् । अनिता बस्नेत र अनु लामाले एक/एक गोल थपे ।

पहिलो खेलमा रौतहट जिल्ला फुटबल संघसँग ४–० ले पराजित भएको काठमाडौंको यो लगातार दोस्रो हार हो ।

दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र सशस्त्रले प्रतियोगितामा विजयी सुरुआत गर्दा नेपाल पुलिस क्लब भने पराजित भएको छ ।

पुलिसलाई बुधबार भएको अर्को खेलमा रौटहटले १–० ले हराएको हो । रौतहटलाई लगातार दोस्रो जित दिलाउनेक्रममा अस्मिता वैद्यले निर्णायक गोल गरिन् ।

पुलिस यसअघि प्रतियोगिताको उद्घाटन खेलमा आर्मीसँग १–० ले नै पराजित भएको थियो ।

प्रतियोगितामा तीन विभागीय, काठमाडौं र रौतहट गरी पाँच टोली सहभागी छन् ।