फुटबलको विषयमा विवाद हुँदा गोली चल्यो • Image Khabar Image Khabar


फुटबलको विषयमा विवाद हुँदा गोली चल्यो


Imagekhabar
२० आश्विन २०७६, सोमबार १४:२६

फुटबलको विषयमा विवाद हुँदा गोली चल्यो

बनेपा, असोज २० । फुटबल प्रतियोगिता गर्ने विषयमा कुरा नमिलेपछि विवाद हुँदा रोशी गाउँपालिका–११ मा आइतबार राति गोली चलेको प्रहरीले जनाएको छ ।

‘फुटबल प्रतियोगिताको विषयमा भएको विवादमा फायरिङ भएको भन्ने जानकारी आएको छ’–जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले भने–‘एक राउन्ड गोली फायरिङ भएको पाइएको छ । फायरिङ गर्ने व्यक्तिको खोजी भइरहेको छ ।’

छलफलमा विवाद भएपछि गोली चले पनि कसैलाई नलागेको प्रहरीले जनाएको छ ।

घटनाकोबारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।

रोशी गाउँपालिका–११, कालढुंगास्थित पञ्चबुद्ध युवा क्लबको आयोजनामा नेपालीको महान् चाड दसैंको अवसरमा असोज २२ गतेबाट ‘खुल्ला बृहत् रोशी कप’को आयोजना गर्ने तयारी भइरहेको जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्