Logo १४ जेष्ठ २०८३, बिहिबार | Fri May 29 2026


कोरोना बढेपछि भारतीयहरु नेपाल हुँदै तेस्रो मुलुक


0
Shares

काठमाडौं । तेस्रो मुलुक जान भारतीय नागरिकले नेपालको हवाई रुट प्रयोग गर्न थालेका छन् ।

विदेश जान आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिन काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासमा कोरोना संक्रमण बढेसँगै भारतीय नागरिकलाई एनओसी आवश्यक परे दूतावासको वेबसाइटमा रहेको इमेल ठेगानामा सम्र्पक गर्ने र त्यसपछि क्रमिक रुपमा बोलाउने एडभाइजरी जारी गरेको थियो ।

‘एडभाइजरी’ हामीले वेबसाइटमा हाल्यौं, तर धेरै मान्छे नबोलाइकनै आइरहेका छन्, एडभाइजरीको पालना भएको देखिन्न,’ दूतावासका प्रवक्ता नवीन कुमारले भने, ‘एक दिनमा ५० जना आउनुपर्ने हो । तर तीनदेखि चार सयसम्म आइरहेका छन् यसले गर्दा भीड बढेको हो ।’

प्रवक्ता कुमारले एनओसी लिने भारतीय बढे पनि उनीहरु भारतबाट नेपाल हुँदै अन्य मुलुकमा उड्नका लागि नै हो भन्न नमिल्ने बताए । नेपालमै रहेका धेरै भारतीय पनि विदेश जान खोजेका हुन सक्छन्’ उनले भने ।

कान्तिपुर