एनसेलको दसैं अफरः रिचार्जमा डेटा बोनस • Image Khabar Image Khabar


एनसेलको दसैं अफरः रिचार्जमा डेटा बोनस


Imagekhabar
१८ आश्विन २०७६, शनिबार १५:३५

एनसेलको दसैं अफरः रिचार्जमा डेटा बोनस

काठमाडौं, असोज १८ । एनसेलले आफ्ना ग्राहकहरुका लागि दसैं अफर ल्याएको छ ।

यसअन्तर्गत् १०० देखि १००० रुपैयाँसम्मको प्रत्येक रिचार्जमा ग्राहकले रिचार्ज गरेको रकमको आधारमा १०० एमबीदेखि एक जीबीसम्म डेटा बोनस पाउने जनाइएको छ ।

यो योजना शुक्रबारदेखि १५ दिनका लागि सन्चालनमा रहने कम्पनीले जनाएको छ ।

यो योजनामा १०० रुपैयाँ ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले बोनसस्वरुप एक दिन समयावधि रहेको १०० एमबी डेटा पाउनेछन् ।

२०० रिचार्ज गर्नेहरुले दुई दिन समयसिमा रहेको २०० एमबी र ३०० रुपैयाँको रिचार्जमा ग्राहकहरुले तीन दिनको समयावधि भएको ३०० एमबी डेटा पाउने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्