काठमाडौं । दशैं मान्न उपत्यकाबाट करिब १९ लाख यात्रु बाहिरिएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार शुक्रबार साँझसम्म १८ लाख ७१ हजार ८ सय ७५ यात्रु बाहिरिएका छन् ।
यो संख्या असोज ५ मा टिकट बुकिङ खुला भएयताको हो । यात्रु लगेर १ लाख ९० हजार ९ सय ९४ सवारी साधन उपत्यका बाहिरिएका छन् ।
यो अवधिमा ९ लाख ५२ हजार ५ सय ५४ यात्रु काठमाडौं भित्रिएका छन् । यसमा निजी सवारी साधनको संख्यासमेत रहेको ट्राफिक प्रहरीले जनाएको छ ।
रुटका गाडी कम चल्न थालेपछि काठमाडौंका यात्रु भने मर्कामा परेका छन् । थोरै गाडीले कोचाकोच यात्रु बोक्ने गरेका छन् ।
ट्याक्सीमा भने मनपरी भाडा लिएर यात्रुलाई उल्टै सास्ती दिंदै आएको गुनासो बढेको छ । कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्