विषालु च्याउ खाँदा एकै घरपरिवारका ९ जना विरामी • Image Khabar Image Khabar


विषालु च्याउ खाँदा एकै घरपरिवारका ९ जना विरामी


Imagekhabar
१६ आश्विन २०७६, बिहीबार १८:१३

विषालु च्याउ खाँदा एकै घरपरिवारका ९ जना विरामी

भैरहवा । विषालु च्याउ खाँदा रुपन्देहीमा एकै घर परिवारका ९ जना विरामी परेका छन् । घरनजिकै रहेको बाँसघारीमा उम्रेको च्याउ खाँदा उनीहरु बिरामी परेका हुन ।

बिरामी हुनेमा ७ वर्षिय बालिका देखि ७३ वर्षिय वृद्धसम्म रहेका छन् ।

बिरामी पर्नेमा सम्मरीमाई गाउँपालिकाका वडा नम्बर ६ का स्थानीय रामपुजन यादवको परिवार रहेको प्रहरीले जनाएको छ ।

गएराती च्याउ पकाएर खाएपछि उनीहरुमा बान्ता हुने, पेट दुख्ने जस्ता लक्षण देखिएको थियो । उनीहरुको भीम अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्