
ललितपुर । ललितपुरको सम्पदा क्षेत्रमा रहेको हरिशंकर मन्दिर बिहीबारदेखि सर्वसाधारणको लागि खुला गरिएको छ ।
२०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएको उक्त मन्दिर पुनर्निर्माण सम्पन्न गरी सर्वसाधारणको लागि खुला गरिएको हो ।
मन्दिरको उद्घाट्न गर्दै पर्यटन मन्त्री योगेश भट्टराईले मन्दिर पुनर्निर्माणमा खटिएका कालिगढहरुलाई पुरस्कृत गरिने बताए ।
१७ औं शताब्दीको मन्दिरलाइ पुरानै शैलीमा जस्ताको तस्तै पुनर्निर्माण गर्नु उदाहरणीय भएको पुरातत्व बिभागका महानिर्देशक दामोदर गौतमले बताए ।
कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीले हरिशकर मन्दिरमा देखिने र नदेखिने सँस्कृती लुकेर बसेको छ भन्दै यस मन्दिरको मूर्ति निर्माणको कथा सुनाए ।
यस्तै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले मठ मन्दिर पुनर्निर्माण गर्दा टेण्डर नगर्न आग्रह गरे ।
पुरातात्विक महत्वको यस मन्दिरलाई पुरानै कला कौशलसहित निर्माण गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्