२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


रहस्यमय ढंगले मृत्यु भएका पाँचैजनाको शव पोस्टमार्टमका लागि अस्पतालमा


0
Shares

बारा, असोज १६ । बारामा मदिरा बनाउने भट्टीको खाल्डोमा डुबेर एक बालिकासहित पाँचजनाको मृत्यु भएको छ । बाराको फेटा गाउँपालिका–४ बतरामा एकै परिवारका चार र एक भारतीयसहित पाँच जनाको शव घरभित्र बनाइएको करिव ६ फिटको खाडलमा भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता रविन्द्रसिंह राठोरले जानकारी दिए ।

मृतकहरुमा ४० वर्षीय जोगा मुखिया बिन, उनकी श्रीमती लाल मुखिया बिन, उनकी १२ वर्षीया छोरी सुमानी मुखिया बिन, जोगाका भाइ ३० वर्षीय महेन्द्र मुखिया बिन र एक जना भारतबाट पाहुँना बस्न आएका बाबा भनिने पुरुष रहेको डिएसपी राठोरले जानकारी दिए ।

घटनाको प्रकृति हेर्दा हत्या नभई सेफ्टी ट्यांकीलाई घरेलु रक्सी बनाउन प्रयोग गरिएको र निसासिएर विषालु ग्याँसका कारण मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । पाँचै जनाको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल कलैया लगिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

भारतीय सीमा नजिक रहेको उक्त गाउँमा घरेलु रक्सी उत्पादन गरी लुकाएर भारततर्फ पठाउने गरेको प्रहरीले जनाएको छ ।