
काठमाडौं, असोज १५ । सरोकारवालाहरुले पुस्तकालय प्रवर्द्धन तथा संरक्षण गर्न सरकारले बेवास्ता गरेको गुनासो गरेका छन् ।
बुधबार काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयको १६औं स्थापना दिवस कार्यक्रमका सहभागीहरुले नेपालमा रहेका धेरै पुस्तकालयहरु अव्यवस्थित रहेको बताए ।
भृकुटीमन्डपमा रहेको सार्वजनिक पुस्तकालयका लागि १६ वर्षदेखि आफ्नै भवन माग्दा पनि सरकारले बेवास्ता गरेको गुनासो पनि सहभागीहरुले गरेका थिए ।
कार्यक्रममा सो पुस्तकालयका संस्थापक सदस्य डा. दुर्गेशमान सिंहले भवन अभावका कारण अस्तव्यस्तरुपमा पुस्तकालय सन्चालन गर्नुपर्दा पुस्तक संरक्षण गर्न कठिनाइ भएको बताए ।
प्रतिक्रिया दिनुहोस्