१८ असार २०८२, बुधबार | Thu Jul 3 2025


म्याग्दी प्रवासी नेपाली संघको महाधिवेशन घोडेपानीमा सुरु


0
Shares

म्याग्दी । म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोना) अन्तर्राष्ट्रिय कार्यसमितिको तेस्रो महाधिवेशन म्याग्दीको घोडेपानीमा सुरु भएको छ ।

मंगलबार साँझ सुरु भएको महाधिवेशनमा भाग लिन संसारका १९ देशमा रहेका म्याग्देलीहरु घोडेपानीमा भेला भएका छन् ।

विदेशमा विभिन्न पेशा र व्यावसाय गरी बसेका म्याग्देलीहरु आफ्नो गृह जिल्लाको विकासका लागि लगानी भित्राउने उद्दश्यले साझा मार्गचित्र तयार पार्न यो महाधिवेशन कोसेढुङ्गा सावित हुने बताएका छन् ।

१९ देशमा १ सय बढी प्रतिनिधिहरुको सहभागिता रहेको यो महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।

चार दिनसम्म संचालन हुने महाधिवेशनको उद्घाटन गर्दै संघीय सरकारका महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले प्रवासमा कमाएको धन स्वदेशमा लगानी गरी देशलाई सम्मृद्धितर्फ अघि बढाउन प्रवासी म्याग्देलीहरुलाई आह्वान गरिन ।