राजधानीका सडक रातारात मर्मत गरिँदै • Image Khabar Image Khabar


राजधानीका सडक रातारात मर्मत गरिँदै


Imagekhabar
१५ आश्विन २०७६, बुधबार ०६:२३

राजधानीका सडक रातारात मर्मत गरिँदै

काठमाडौं, असोज १५ । सरकारले चिनियाँ राष्ट्रपति सी चिनफिन नेपाल आउने पक्का भएसँगै उपत्यकाको सडक मर्मत थालेको छ ।

यसअघि पनि सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बिमस्टेक सम्मेलन, तत्कालिन भारतीय राष्ट्रपति प्रणव मुखर्जीलगायत भिभिआइपी आउँदा उपत्यकाका सढक मर्मत गरेर चिटिक्क पारेको थियो ।

चिनियाँ राष्ट्रपति अक्टोबर ११ देखि १४ सम्म जुनसुकै बेला आउन सक्ने भन्दै अहिले सडक विभाग तथा डिभिजन सडक कार्यालय काठमाडौंले हतार हतार सडक मर्मत सुरु गरेका छन् ।

सडक विभागले भने चिनियाँ राष्ट्रपतिको सवारीलाई लक्ष्य गरेर नभई नियमित मर्मतसम्भार भन्दै आएको छ । –नागरिक दैनिकबाट

 

प्रतिक्रिया दिनुहोस्