बढी शुल्क फिर्ता नगरे कारबाही गर्ने मन्त्रीको चेतावनी • Image Khabar Image Khabar


बढी शुल्क फिर्ता नगरे कारबाही गर्ने मन्त्रीको चेतावनी


Imagekhabar
१४ आश्विन २०७६, मंगलवार १८:१३

बढी शुल्क फिर्ता नगरे कारबाही गर्ने मन्त्रीको चेतावनी

काठमाडौं, असोज १४ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकारले तोकेकोभन्दा बढी शुल्क लिएका निजी मेडिकल कलेजहरुलाई तत्काल शुल्क फिर्ता गर्न निर्देशन दिएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले बढी शुल्क फिर्ता नगरे कारबाही गर्ने चेतावनी पनि दिए ।

कार्यक्रममा निजी मेडिकल कलेजहरुको छाता संगठनका महासचिव एवं नोबेल मेडिकल कलेजका सन्चालक सुनिल शर्माले मन्त्रीले शुल्क फिर्ता गर भन्ने हो भने मन्त्रीले आफूहरुबाट लिएको कर फिर्ता गर्ने प्रतिबद्धता जनाउनुपर्ने बताए ।

विद्यार्थीलाई फिर्ता गर्न कलेजहरुसँग पैसा नभएको दाबी गर्दै उनले ‘कारबाही गरेर थुने पनि त्यसका लागि तयार छौं’ भने ।

यस्तै, पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीले ऐन, कानुन सबैले मान्नुपर्ने भन्दै लड्नुपरे सरकारसँग लड्न सुझाव दिँदै विद्यार्थीको भविष्यमाथि खेलवाड नगर्न आग्रह गरे ।

कार्यक्रममा सहभागी विद्यार्थीहरुले भने स्वास्थ्य र शिक्षा क्षेत्रलाई सरकारीकरण गर्ने राम्रो अवसर रहेको धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्