१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


सरकारले सुम्पेको जिम्मेवारी पुरा गर्न प्रहरी सक्षम छ : महानिरीक्षक खनाल


0
Shares

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सरकारले सुम्पेको जिम्मेवारी पुरा गर्न नेपाल प्रहरी सक्षम रहेको बताएका छन् ।

महानगरीय प्रहरी तथा ट्राफिक प्रहरी वृत्त महाराजगञ्जको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उनले सरकारले दिएको जिम्मेवारी अनुसार शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरी सक्षम रहेको बताएका हुन् ।

महानिरीक्षक खनालले नागरिक र प्रहरीको सहकार्यबाट अपराध नियन्त्रण गर्न सकिने भन्दै पछिल्लो समय नागरिक र प्रहरीबीचको सम्बन्ध बलियो बन्दै गएको उल्लेख गरे ।

कार्यक्रममा महानगरीय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापाले समाजमा शान्ति सुरक्षा कायम गर्न प्राप्त सुचना प्रहरीलाई दिन आग्रह गरे ।

पाँच तले अत्याधुनिक भवन ११ करोड रुपैयाँको लागतमा निर्माणमा भएको हो ।