२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024


मिलोमतोमा मनपरी रुपमा खनिएको सडकका कारण स्थानीयलाई सास्ती


0
Shares

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटमा जथाभावी खनिएको सडकका कारण स्थानीयले सास्ती खेप्न बाध्य भएका छन् ।

विना इष्टिमेट गाउँका केही टाँठाबाठा र वडा सदस्यको मिलोमतोमा मनपरी रुपमा खनिएको सडकका कारण सडक खनिएको ठाउँमा पहिरो जाँदा एउटा घर भत्कने अवस्थामा पुगेको छ ।

बेनी नगरपालिकाको आर्थिक वर्ष २०७५/०७६ मा ३ लाख रुपैयाँको बजेटबाट खनिएको बगरफाँट/जलकिनी सडकको ५ सय मिटर क्षेत्रमा जोखिमै जोखिम छ ।

गत असारमा निर्माण भएको सडकमा अहिलेसम्म एउटा पनि सवारी साधन गुडेका छैनन् ।

ठाँउठाउँमा पहिरो गएर खोतीयोग्य जमिन पुरेको छ भने सडकमा खोला बगेको छ । जमिन धाँजा धाँजा भएर फाटेको छ ।

पहिरोले घर भत्किने अवस्थामा पुगिसक्दा पनि संरक्षणको पहल नभएको स्थानीयको गुनासो छ ।

केबल बजेट सक्नका लागि विना प्रयोजन खनिएको सडकका कारण पाँच परिवारले सास्ती भोग्नु परेको स्थानीय टीकाबहादुर कार्कीले बताएका छन् ।