निराशा र असन्तुष्टि फैलाउने व्यक्तिहरु बिरोध गर्नमै व्यस्त छन् : प्रधानमन्त्री ओली • Image Khabar Image Khabar


निराशा र असन्तुष्टि फैलाउने व्यक्तिहरु बिरोध गर्नमै व्यस्त छन् : प्रधानमन्त्री ओली


Imagekhabar
१३ आश्विन २०७६, सोमबार १४:५९

निराशा र असन्तुष्टि फैलाउने व्यक्तिहरु बिरोध गर्नमै व्यस्त छन् : प्रधानमन्त्री ओली

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले वाक् स्वतन्त्रताका नाममा विरोध गर्नेहरुले सरकारका राम्रा कामलाई वेवास्ता गरेको आरोप लगाएका छन् ।

सोमबार ललितपुरमा प्रदेश प्रमुख र प्रदेशका मुख्यमन्त्रीका लागि निर्माण हुन लागेको आवासीय भवन तथा सम्पर्क कार्यालयको शिलान्यास गर्दै उनले वाक् स्वतन्त्रताका नाममा विरोधको स्वर मात्र सुनिएको टिप्पणी गरे ।

सरकारले विकास र लोकल्याणलाई प्राथमिकतामा राखेर अघि बढेको उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले निराशा र असन्तुष्टि फैलाउने केही व्यक्तिहरु बिरोध गर्नमै केन्द्रित रहे पनि सरकार आफ्ना उदेश्यमा अडिग रहेको दावी गरे ।

प्रधानमन्त्री ओलीले देशलाई मगन्तेरहित बनाउने घोषणा दोहोर्‍याउनुका साथै सडकमा कसैले बेसहारा देखेमा सरकारलाई खबर गर्न आह्वान गरे ।

उनले अबको केही महिनाभित्रै मेलम्चीको पानी जनताका घरघरमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।

विशेष कारणवश ढिलो भए पनि आगामी वर्षभित्रै मेलम्चीको पानी काठमाडौंबासीले पिउन पाउने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

कार्यक्रममा शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले पूर्वाधार निर्माणले सरकारको कार्यसञ्चालनमा सकारात्मक प्रभाव पार्ने बताए ।

प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुका लागि ललितपुरको भैँसेपाटीमा आवास भवन तथा सम्पर्क कार्यालय निर्माण गर्न लागिएको हो ।

२७ रोपनी १२ आना क्षेत्रफलमा फैलिएको सरकारी जग्गामा प्रत्येक प्रदेशका लागी छुट्टाछ्ट्टै दुई भवन निर्माण गरिनेछ ।

२५ जना क्षमताको सभा हल, ध्यान कक्ष योगा कक्षसहितको आवास दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । 

 

प्रतिक्रिया दिनुहोस्