
सर्लाही, असोज १३ । केही दिनदेखि निरन्तर भइरहेको वर्षाले सर्लाहीको ग्रामीण सडक हिलाम्मे भएका छन् ।
लामो समयदेखि मर्मत–सम्भार हुन नसकेका र निर्माणाधीन अवस्थामा रहेका जिल्लाका भित्री सडक वर्षाको पानीले बिग्रिएको हो ।
जिल्लाको पूर्व–पश्चिम हुलाकी सडकसहित बाँके–संग्रामपुर, फूलजोर–त्रिभुवननगर, सलेमपुर–हीरापुर र अरु भित्री सडक हिलाम्मे हुँदा पैदल हिँड्न र सवारी–साधन सन्चालनमा समस्या भएको हो ।
चाडपर्वको मुखमा निरन्तर भइरहेको झरीले सडक जीर्ण बनेपछि सर्वसाधारणलाई सास्ती भएको छ ।
हरिपूर्वा, पर्सा, ब्रह्मपुरी हुँदै सदरमुकाम मलंगवासम्म पुग्ने हुलाकी सडक केही दिनदेखि भइरहेको वर्षाले खराब भएको छ ।
पानीको उचित निकास नहुँदा जिल्ला सदरमुकाम मलंगवासहित बरहथवा, बयवलवास, हरिपुरलगायतका मुख्य बजारका भित्री सडक पनि हिलाम्य हुँदा सास्ती भएको स्थानीय बताउँछन् ।
सदरमुकाम मलंगवा नगरपालिकाको सबैजसो भित्री सडकमा अहिले पोखरीझैं पानी जमेको छ ।
प्रतिक्रिया दिनुहोस्