Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


भीआइपीको आवासमै करोडौं रकम खर्चिँदै सरकार


0
Shares

काठमाडौं, असोज १३ । सरकारले सातवटै प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि काठमाडौंमा आवास तथा सम्पर्क कार्यालय बनाउन ८५ करोड रुपैयाँ खर्चने भएको छ ।

विकास निर्माणका काममा सुस्त देखिएको सरकार भीआइपीको आवास निर्माणमा भने चुस्त देखिएको छ ।

ललितपुरको भैंसेपाटीमा बन्न लागेको मुख्यमन्त्री तथा प्रदेश प्रमुखको आवास तथा सम्पर्क कार्यालयको प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सोमबार शिलान्याश हुने कार्यक्रम तय गरिएको सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले जानकारी दिए ।

ललितपुरको सैंबुमा सांसद आवासका लागि १४९ रोपनी ४ आना ३.२८ दाम जग्गामा मन्त्री निवासका साथै राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधिसभा उपसभामुखका लागि २७ वटा आवास भवन निर्माण गर्ने तयारीलाई समेत सरकारले तीव्रता दिएको छ । –राजधानी दैनिकबाट