३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


पार्टी एकताबद्ध भएमात्र जनताको विश्वास जित्न सकिन्छ : देउवा


0
Shares

काभ्रे, असोज १२ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी एकताबद्ध भएमात्र जनताको विश्वास जित्न सकिने बताएका छन् ।

काभ्रेमा आज आयोजित कार्यक्रममा उनले कम्युनिष्टहरुको एकताले कांग्रेसलाई कुनै फरक नपर्ने भन्दै कांग्रेसभित्र एकढिक्का हुनुपर्नेमा जोड दिए ।

राणाशासन, पञ्चायत र राजतन्त्रलाई आफूहरुले नै परास्त गरेको भन्दै देउवाले ‘कम्युनिष्टहरु त केही होइनन्’ भने ।

बाम गठबन्धन विदेशी सिद्धान्तका आधारमा चलेको भन्दै उनले उनीहरुले राष्ट्रको विकास र राष्ट्रहितमा काम गर्नै नसक्ने बताए ।