भोजपुर । भोजपुर आम्तेकका ३२ बर्षीय चन्द्र खड्का असोज ३ गते काठमाडौं पुगे । उनलाई बैदेशिक रोजगारीको सिलसिलामा कतार जान भिषा प्रक्रिया मिलाउनु थियो ।
तर काठमाडौं पुग्नासाथ घरबाट बाबुको देहान्तको खबर पाएपछि तीन दिन लगाएर घर फर्के ।
घर पुग्दा जेठा दाजु सम्मरबहादुर खड्काको अगुवाइमा बाबुको अन्त्येष्टिपछि काजकिरिया सुरु भएको थियो । दाजुकोमा कर्म सुरु भएपछि किरिया बस्न पुगेका चन्दलाई दलितसँग विवाह गरेको भन्दै किरिया बस्न नदिएपछि उनी एक्लै १३ दिने किरियाकर्ममा लागे ।
दलितकी छोरी विहे गरेको कारण आफ्नै दाजु र समाजबाट बहिस्कृत भएर बाबुको मृत्यु संस्कार पुरा गर्न बसेका छन् । ‘यो कस्तो समाज, अनि कस्तो धर्मसंस्कार ? मैंले मेरो जन्मदिने बाबुको किरियापुत्री बस्न पनि पाइँन, मेरो के दोष ?’ उनले गुनासो पोखे, ‘दलित विहे गरें भन्दैमा मलाई घर र समाजले बहिष्कार गर्ने, मेरी पत्नी पनि त मान्छे हुन् ।’ अन्नपूर्णपोष्ट दैनिकबाट
प्रतिक्रिया दिनुहोस्