१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


विकास र समृद्धिमा जनता सहयोगी बन्नुपर्ने : मन्त्री पोखरेल


0
Shares

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले विकास र समृद्धिमा जनता सहयोगी बन्नुपर्ने बताएका छन् ।

विकास निर्माणका क्रममा स्थानीय जनताको अवरोध आउने गरेकातर्फ लक्षित गर्दै उनले विकास निर्माणमा सरकारसँग हातेमालो गर्न आग्रह गरे ।

काठमाडौँ महानगरपालिका–२ ले शनिबार लाजिम्पाटमा गरेको दशैँ, तिहार,छठलगायतका चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री पोखरेलले विकासका काम अगाडि बढाउँदा सरकारलाई अप्ठ्यारो पर्ने गतिविधि नगर्न आग्रह गरे ।

उनले प्रणाली परिवर्तनसँगै ऐन, कानून परिमार्जन गर्न डेढवर्षको समय लागेकाले अब सरकारको ध्यान विकास र समृद्धितर्फ गएको बताए ।

मन्त्री पोखरेलले जनताले दिने दण्ड आफूहरुलाई मञ्जुर भएको भन्दै वर्तमान सरकार अधिनायकवादी भयो भनेर आरोप नलगाउन विपक्षीलाई आग्रह गरे ।