
काठमाडौं । काठमाडौँ विश्वविद्यालयले चिकित्सा शिक्षाअन्तर्गत एमबिबिएस र बिडिएस तहको प्रवेश परीक्षाको नतिजा पुनः प्रकाशित गरेको छ ।
असोज ६ गते प्रकाशित नतिजामा प्राविधिक त्रुटी भएको जनाउँदै विश्वविद्यालयले शनिबार पुनः परीक्षाफल प्रकाशित गरेको हो । पहिलो नजिताबाट २ सय ५० विद्यार्थीको नतिजामा परिवर्तन देखिएको छ ।
विश्वविद्यालयका स्कुल अफ मेडिकल साइसेन्सका डीन प्रा रोजेन्द्र कोजुले पहिलोपटक प्रकाशित नतिजामा प्राविधिक त्रुटी भेटिएकाले दोस्रो नतिजा प्रकाशित गरिएको बताए ।
विश्वविद्यालयले पुनःप्रकाशित नतिजामा चित्त नबुझे विद्यार्थीले आफ्नो उत्तरपुस्तिका हेर्नसक्ने व्यवस्था मिलाएको जाएको छ ।
यसअघि चिकित्सा शिक्षातर्फ एमबिबिएसका लागि दुई विश्वविद्यालयले लिएको प्रवेश परीक्षामा करीब १९ हजार विद्यार्थी सहभागी भएकामा आठ हजार ७५६ विद्यार्थी उत्तीर्ण भएका थिए ।
चिकित्साशास्त्र अध्ययन संस्थानले असोज ३ गते र काठमाडौं विश्वविद्यालयले असोज ४ गते शनिबार परीक्षा संचालन गरेका थिए ।
सरकारले एमबिबिएसका लागि काठमाडाँै उपत्यकामा ३८ लाख ५० हजार तथा उपत्यका बाहिर ४२ लाख ४५ हजार र बिडिएस कार्यक्रमका लागि रु १९ लाख ३२ हजार ६१२ शुल्क निर्धारण रहेको छ । तर केही निजी कलेजहरुले भने सरकारी निर्णय नमान्ने भन्दै चुनौति दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्