२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


धादिङमा ट्याक्टर दुर्घटना, ११ मजदुर घाइते


0
Shares

धादिङ, असोज ११ । धादिङको ज्यामिरेमा एक ट्याक्टर दुर्घटना हुँदा ११ जना मजदुर घाइते भएका छन् ।

शनिबार बिहान ना६च २७८० नम्बरको ट्याक्टर धादिङबेसी–सल्यानटार सडकखन्डको ज्यामिरेमा दुर्घटना भएको हो ।

गम्भीर घाइते भएका कृष्णबहादुर रावत र जयबहादुर चनारालाई उपचारका लागि भरतपुर पठाइएको छ । अरुको जिल्ला अस्पताल धादिङवेसीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइते सबै सडक कालोपत्रे गर्ने जिम्मा लिएको नव कान्तिपुर कन्स्ट्रक्सनमा कार्यरत् मजदुरहरु हुन् ।

तीव्रगतिका कारण ट्याक्टर दुर्घटना भएको बताइएको छ ।

चालक सन्जयकुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।