
कपिलवस्तु, असोज १० । कपिलवस्तुको कृष्णनगरमा नजिकिँदै गरेको विजया दशमी, दिपावली र छठ पर्वलाई मध्य नजर गर्दै सर्वपक्षीय छलफल भएको छ ।
चाड पर्वलाई सौहार्द्रपूर्ण वातावरण बनाउन सर्वपक्षीय छलफल भएको हो ।
चाडपर्वमा शान्ति सुरक्षा कायम गर्न प्रत्येक वर्ष प्रयास भइरहे पनि विवाद हुँदै आएको स्थानीय बुद्धिजिवीहरुले बताएका छन् । यस वर्ष सौहार्द्रपूर्ण तरिकाले विवादरहित ढंगबाट चाडपर्व मनाउन सुरक्षा कडा पारिएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए ।
शान्तिव्यवस्था कायम राख्न स्थानीय राजनीतिक दल, बुद्धिजिवी नागरिकहरुको अहम् भूमिका रहने हुने हुँदा सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।
कृष्णनगरमा शान्ति शुरक्षा कायम गर्न जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको बैठकमा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य अभिषेकप्रताप शाहले दिउँसो नै मुर्ति बिर्सजन गरे विवाद नहुने बताए । अन्य समुदायले पनि चाडपर्वको अवसरमा भाइचारा कायम गर्दै धार्मिक सहिष्णुता राख्नु पर्नेमा उनले जोड दिए ।
नेकपाका कृष्णनगर नगर अध्यक्ष जाबेद खानले विगतको घटनालाई सम्झनुभन्दा त्यस्तो अवस्था सिर्जना नै हुन नदिन अहिलेबाट नै कसरत गर्नु पर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्