बाल विकासमा कार्यरत शिक्षिका आन्दोलित • Image Khabar Image Khabar


बाल विकासमा कार्यरत शिक्षिका आन्दोलित


Imagekhabar
१० आश्विन २०७६, शुक्रबार ०८:५०

बाल विकासमा कार्यरत शिक्षिका आन्दोलित

कञ्चनपुर, असोज १० । कञ्चनपुरमा बाल विकासमा कार्यरत शिक्षिका आन्दोलित भएका छन् । तलब वृद्धिको माग गर्दै कञ्चनपुरमा सरकारी तथा गैरसरकारी विद्यालयका बाल विकासमा कार्यरत शिक्षिका आन्दोलित भएका हुन् ।

सरकारले चालु आर्थिक वर्षमा अन्य कर्मचारीको तलब वृद्धि गरे पनि आफूलाई सम्बोधन नगरेको भन्दै भीमदत्त र कृष्णपुर नगरपालिकाका बाल विकासका शिक्षिका आन्दोलित भएका छन् । स्थानीय, प्रदेश र संघीय सरकारमा पटक पटक ज्ञापनपत्र बुझाउँदै आए पनि सुनुवाई नभएकाले आन्दोलन सुरु गरेको बाल विकास समितिका सुदूरपश्चिम उपाध्यक्ष रमा उपाध्यायले जानकारी दिइन् ।

सरकारले न्यूनतम पारिश्रमिक १३ हजार ४ सय ५० रुपैयाँ तोके पनि प्रधानमन्त्रीले नै रकम पुग्दैन भन्दै बाल विकासका शिक्षिकालाई ६ हजारमै काम गर्न लगाउनु अन्यायपूर्ण रहेको उनको भनाइ छ । शिक्षिकाहरुले सम्बन्धित स्थानीय तहमा गएर विरोध तथा धर्ना सुरु गरेका छन् ।

स्थानीय तहबाटै न्यूनतम पारिश्रमिक तोकेर त्यसलाई लागु गर्नुपर्ने माग उनीहरुले गरेका छन् । सरकारले तोकेको न्यूनतम पारिश्रमिक लागु नभए थप आन्दोलनका कार्यक्रम ल्याउने उनीहरुको चेतावनी छ ।

 

प्रतिक्रिया दिनुहोस्