
तस्वीर : रासस
काठमाडौं, असोज ९ । दसैंमा सबैभन्दा बढी चासो मासुको हुन्छ । त्यसैले त अरु बेलाको तुलनामा दसैंमा दोब्बर मासु खपत पनि हुन्छ ।
मासुमा पनि च्याङ्ग्रा भनेपछि उपभोक्ता झनै हुरुक्कै हुने गरेका छन् । हिमाली जडीबुटी खाएर हुर्केका ती च्याङ्ग्रा पाएसम्म उपभोक्ताले खसीबोका वा कुखरा खोज्दैनन् । त्यही भएर नै हो मुस्ताङबाट झारिएका हजारौं च्याङ्ग्रा पोखरामा केही दिनको अन्तरमा किनबेच हुन्छ ।
पछिल्लो समय त हिमाली जिल्लाका ती च्याङ्ग्रा राजधानी काठमाडौंमा समेत पुर्याउन थालिएको छ । खाद्य संस्थानले मुस्ताङका किसानसँग किनेको च्याङ्ग्रा सिधै काठमाडौं लगेर उपभोक्तालाई विक्री गर्दै आएको छ ।
यसपटक खाद्य संस्थानले राजधानीबासीको स्वादको चाहनालाई ध्यान दिएर आगामी सोमबार पहिलो ‘लट’ च्याङ्ग्रा ओराल्दै छ । –नागरिक दैनिकबाट
प्रतिक्रिया दिनुहोस्