हराएको छोरो भेटियो तर अभिभावकले पाएनन् : बाबुलाई नचिनेपछि आपत (भिडियो) • Image Khabar Image Khabar


हराएको छोरो भेटियो तर अभिभावकले पाएनन् : बाबुलाई नचिनेपछि आपत (भिडियो)


Imagekhabar
८ आश्विन २०७६, बुधबार १२:१४

हराएको छोरो भेटियो तर अभिभावकले पाएनन् : बाबुलाई नचिनेपछि आपत (भिडियो)

-सञ्जय कार्की/ईमेज

रौतहट । रौतहटका चन्देश्वर बैठाले एक महिनाअघि हराएका छोरा फेला परे पनि अभिभावकले भने अझै पाउन सकेका छैनन् ।

फेला पार्ने व्यक्तिले बच्चाले अभिभावकलाई नचिनेको भन्दै दिन नमानेपछि समस्या भएको हो ।

गत २०७५ जेठ ३१ गते आफ्नै घरबाट हराएका रौतहटको गरुडा नगरपालिकाका ६ बर्षीय अविनाश बैठा एक महिनादेखि प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्रमा छन् ।

छोरा हराएपछि चिन्तित बनेका बाबु चन्देश्वर बैठाले छोरो फेला पार्दासमेत घरमा लैजान पाएका छैनन् ।

चन्देश्वरले कटहरिया नगरपालिका–७ बगही निवासी राजकिशोर महतोको संरक्षणमा आफ्नो छोरा रहेको थाहा पाए ।

तर छोरा लिन जाँदा महतोले भने दिन मानेनन् । भेटिएको बच्चालाई आफूले संरक्षण गरेको तर बालकले बाबुलाई नचिनेपछि जिम्मा लगाउन उचित नभएको महतोको तर्क छ ।

गत भदौ तीन गतेदेखि ती बालक अहिले महिला तथा बालबालिका सेवा केन्द्रमा बस्दै आएका छन् । अहिले यहीँ विषयले दुवै परिवारको सम्बन्ध पनि चिसिएको छ । 

जिल्ला प्रशासन कार्यालयले भने विवाद भएकाले डीएनए परीक्षणपछि मात्रै बालकको जिम्मा लगाउने बताउँदै आएको छ ।

चार सन्तानका बाबु चन्देश्वरले हराएको छोरो लिन प्रमाणसहित जाँदा पनि नपाएको भन्दै दुख व्यक्त गरेका छन् ।

जन्मदर्ता, नाताप्रमाणित सिफारिस आफूसँगैको फोटो देखाउँदा पनि प्रशासनले अनावश्यक रुपमा दुख दिइरहेको उनको गुनासो छ ।

यता जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक भुपेन्द्र खत्री बच्चाले आमा नै चिन्न नसकेकाले डीएनए परीक्षण नै उत्तम विकल्प भएको बताउँछन् ।

छोरा आफ्नै भएको स्पष्ट प्रमाण भए पनि झन्झटिलो प्रक्रिया अपनाएर प्रशासनले दुख दिएको अभिभावकको  गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्