कपिलवस्तुुुुुको एक उद्योगमा आगलागी • Image Khabar Image Khabar


कपिलवस्तुुुुुको एक उद्योगमा आगलागी


Imagekhabar
८ आश्विन २०७६, बुधबार ११:३७

कपिलवस्तुुुुुको एक उद्योगमा आगलागी

मनिष गुप्ता

कपिलवस्तु, असोज ८ । जिल्लाको वाणगंगा नगरपालिकास्थित एक उद्योगमा आगलागी भएको छ ।

मंगलबार मध्यरात विद्युत सर्ट भएर नेपाल फेब्रिक इष्ड्रष्टिजमा आगलागी भएको हो । आगलागीबाट ४ करोडको क्षति भएको उद्योग सञ्चालकको अनुमान छ ।

उद्योगमा आगलागी भएपछि वाणगंगा नगरपालिका र कपिलवस्तु नगरपालिकाको दमकल बोलाइएको थियो । यद्यपि आगो नियन्त्रणमा लिन नसक्दा उद्योगमा ठूलो क्षति भएको उद्योग सञ्चालकले बताएका छन् ।

आगालागीबाट भएको क्षतिबारे इलाका प्रहरी कार्यालय पिपराले विवरण संकलन गर्न लागेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक आयुशकुमार जोसीले जानकारी दिए ।

उद्योगले बोरा उत्पादन गर्दै आइरहेको थियो । घटनाको वितृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्