२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024


प्राज्ञिक व्यक्तिले अवसर नपाएसम्म विश्वविद्यालयमा सुधार आउँदैन


0
Shares

काठमाडौं । शिक्षा क्षेत्रका विभिन्न ब्यक्तिहरु तथा सरोकारवालाहरुले विश्वविद्यालयहरुमा भागवण्डाको प्रवृत्ति अन्त्य नभएसम्म शैक्षिक अवस्थामा सुधार नआउने बताएका छन् ।

समाजवादी पार्टीको विद्यार्थी युनियनले मंगलबार राजधानीमा गरेको कार्यक्रमका सहभागीहरुले प्राज्ञिक व्यक्तिले अवसर पाउने अवस्था नआएसम्म विश्वविद्यालयमा सुधार नआउने बताए ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमाले काम गर्नै नसक्ने व्यक्तिलाई प्राज्ञिक थलोको जिम्मा दिएका कारण विश्वविद्यालयहरुको अवस्था सुधार हुन नसकेको हो भने ।

यस्तै साझा पाटीका प्रवक्ता डा. सूर्यराज आर्चायले विश्वविद्यालयमा हुने भागवण्डालाई कर्मकाण्डी बहस मात्र नबनाई त्यसको जगमा नै अध्ययन गर्नु पर्ने बताए । विद्यार्थीहरु समेत राजनीति नबुझिकन राजनीतिमा आएका कारण समस्या झन बढेको बताए ।

प्रदेश नम्वर दुईका मुख्य मन्त्री लालवावु राउतले प्राज्ञिक थलोमा पुग्ने व्यक्ति इमानदार र दृढ नभए सम्म शैक्षिक क्षेत्रको विकास हुन नसक्ने बताए ।

यस्तै नेकपा सांसद रामकुमारी झाकी्रले प्रधानमन्त्री नै कुलपति हुने भएपछि विश्वविद्यालय कसरी राजनीति भन्दा पर रहन सक्छ ? भन्ने प्रशसा गरे ।

कार्यक्रममा विश्वविद्यालय सेवा आयोग खारेज गर्नुपर्ने, प्राज्ञिक क्षेत्रमा हुने बहसलाई राजनीतिक वहस बनाउन नहुने लगायतका सुझाव दिईएको थियो ।