२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


चितवनको उद्योगमा आगलागी, ‘पाँच करोडको क्षति’


0
Shares

चितवन, असोज ७ । चितवनको एक ‘प्याकेजिङ’ उद्योगमा आगलागी हुँदा करोडौंको क्षति भएको छ ।

भरतपुर महानगरपालिका–४ मा रहेको युनाइटेड प्याकेजिङ प्रालिमा मंगलबार बिहान आगलागी भएको हो ।

बिहान ३ बजेदेखि लागेको आगो मध्याह्नतिरमात्र नियन्त्रणमा आएको थियो ।

चट्याङ पर्दा विद्युत् सर्ट भइ कार्टुन बनाउने उक्त उद्योगमा आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

पाँचओटा दमकलको सहायतामा सुरक्षाकर्मी र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए ।

आगलागीबाट करिब पाँच करोड रुपैयाँको क्षति भएको उद्योगले जनाएको छ ।