ललिता निवास प्रकरणमा तीन दर्जनलाई कारवाही गर्नुपर्ने सीआईबीको निष्कर्ष • Image Khabar Image Khabar


ललिता निवास प्रकरणमा तीन दर्जनलाई कारवाही गर्नुपर्ने सीआईबीको निष्कर्ष


Imagekhabar
७ आश्विन २०७६, मंगलवार ०६:१८

ललिता निवास प्रकरणमा तीन दर्जनलाई कारवाही गर्नुपर्ने सीआईबीको निष्कर्ष

काठमाडौं, असोज ७ । प्रहरीले बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको करिब एक सय १४ रोपनी जग्गा हिनामिनामा संलग्नमाथि ठगी कसुरमा कारबाही गर्नुपर्ने निष्कर्षसहितको प्रतिवेदन ल्याउन लागेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६ महिना लामो छानबिनपछि अन्तिम रुप दिन लागेको प्रतिवेदनमा ‘भूमाफिया’ किटान गरिएका शोभाकान्त ढकाल र रामकुमार सुवेदी, ललिता निवासका तत्कालीन भोगाधिकारी रुक्मशमशेर राणा र उनका दुई भतिजा हाटकशमशेर र हेमाद्रीशमशेरसहित ३ दर्जन व्यक्तिलाई कारवाही गरेर जग्गा फिर्ता ल्याउनुपर्ने औंल्याएको हो । –कान्तिपुर दैनिकबाट

 

प्रतिक्रिया दिनुहोस्