काठमाडौं, असोज ६ । नेपालभाषा मंकाः खलः काठमाडौंले यो वर्ष नेपाल संवत् ११४० नयाँ वर्ष तथा म्हःपूजा कात्तिक १२ गते मंगलबार मनाउन आग्रह गरेको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले प्रकाशित गरेको पात्रोअनुसार परम्परामा अलमल सिर्जना भएको भन्दै नयाँ वर्षको प्रथम दिन नै म्हःपूजा गरिने खलःले जनाएको छ ।
यस्तै, कात्तिक ११ गते सोमबार औंसीका दिन लक्ष्मीपूजा तथा कात्तिक १३ गते बुधबार द्धितीयाको दिन भाइटीका मनाउन नेवार समुदायलाई आग्रह गरेको छ ।
सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीले पञ्चाङ्ग निर्णायक समितिलाई तिथिको गणितमात्र नभइ परम्परादेखि चल्दै आएको व्यवहारमा पनि ध्यान दिन आग्रह गरे ।
प्रा. डा. त्रिरत्न मानन्धरले तिथिमा आधारित परम्परा व्यवहारमा लागू गर्ने उपायहरु रहँदा–रहँदै पनि समितिले गर्ने बेवास्ताप्रति असन्तुष्टि जनाए ।
प्रतिक्रिया दिनुहोस्