
सिन्धुली, असोज ६ । सिन्धुलीमा बालविवाह न्युनिकरण गर्ने अभियानलाई सफल पार्न जिल्लाका स्थानीय तहहरुले प्रतिवद्धता जनाएका छन् ।
सिन्धुली जिल्लाका कुल २ नगरपालिका र ७ गाउँपालिकामध्ये गोलञ्जोर, फिक्कल र तीनपाटन गाउँपालिकाले बालविवाह न्युनिकरण अभियानलाई नीति निर्माण गरि कार्यान्वयनमा जाने प्रतिवद्धता जनाएका हुन् ।
स्थानीय तहहरुले विपदमा बालबालिकाहरुको संरक्षणका लागि आकस्मिक निर्देशिका र बालविवाह न्युनिकरण रणनीतिक योजना मस्यौदा सम्बन्धी कार्यशालापछि यस्तो प्रतिवद्धता आएको हो ।
बालविवाह न्युनिकरण अभियानलाई स्थानीय तहका वडासम्म संचालन गरी नीति तथा कार्ययोजनाका साथ कार्यान्वयनमा जाने प्रतिवद्धता व्यक्त गरिएको छ । सिन्धुलीमा वर्षेनी उमेर नपुगेका र विद्यालयमा पढ्दै गरेका एक दर्जनभन्दा बढी बालबालिकाको गैर कानूनी रुपमा विवाह हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्