पाँचथरमा एक हजारभन्दा बढी मतदाता थपिए • Image Khabar Image Khabar


पाँचथरमा एक हजारभन्दा बढी मतदाता थपिए


Imagekhabar
६ आश्विन २०७६, सोमबार ०८:३९

पाँचथरमा एक हजारभन्दा बढी मतदाता थपिए

फिदिम, असोज ६ । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि पाँचथरमा १ हजार २३० मतदाता थपिएका छन् । गत साउन १६ गतेसम्ममा १८ वर्ष पूरा भएका व्यक्ति नयाँ मतदाताका रुपमा थपिएको जिल्ला निर्वाचन कार्यालय पाँचथरले जनाएको छ ।

कार्यालयका निमित्त प्रमुख सरोज मेहताका अनुसार जिल्लाको फाल्गुनन्द गाउँपालिकामा ९२८ जना, फिदिम नगरपालिका वडा नम्बर १ मा १७४ जना र हिलिहाङ गाउँपालिका वडा नम्बर ७ मा १२८ मतदाता थपिएका हुन् ।

अहिले उपनिर्वाचन हुने क्षेत्रमा मतदाता नामावलीको विवरण सच्याउने, दावी विरोध गर्ने कार्य भइरहेको कार्यालय प्रमुख मेहताले जानकारी दिए ।

संकलन भएको तथ्यांक अगामी असोज १० गतेसम्ममा आइपुग्ने र असोज १२ गतेसम्ममा निर्वाचन आयोगमा पठाउने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्