ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु • Image Khabar Image Khabar


ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु


Imagekhabar
६ आश्विन २०७६, सोमबार ०८:०४

ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

चितवन, असोज ६ । भरतपुर महानगरपालिका–१ आँपटारी वन क्षेत्रमा आइतबार राति  ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक भरतपुर महानगरपालिका–१ रामनगर बस्ने २३ वर्षीय आरुष रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

प्रहरीका अनुसार आँंपटारीबाट रामनगरतर्फ जाँदै गरेको लु२ख ६९० नम्बरको ट्रक पछाडि सोही दिशातर्फ जाँदै गरेको ना४४प ५०१७ नम्बरको मोटरसाइकल ठक्कर खाएको थियो । दुर्घटनामा परी मोटरसाइकल चालक रेग्मी गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेका छन् । (रासस)

प्रतिक्रिया दिनुहोस्