मन्त्रिपरिषद् पुनर्गठन प्रधानमन्त्रीको तजबिज : दाहाल • Image Khabar Image Khabar


मन्त्रिपरिषद् पुनर्गठन प्रधानमन्त्रीको तजबिज : दाहाल


Imagekhabar
५ आश्विन २०७६, आईतवार ११:०१

मन्त्रिपरिषद् पुनर्गठन प्रधानमन्त्रीको तजबिज : दाहाल

विराटनगर, असोज ५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिपरिषद् पुनर्गठन प्रधानमन्त्रीको तजबिज भएको बताएका छन् ।

अध्यक्ष दाहालले आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्रीले चाहेको बेलामा मात्रै मन्त्री फेरबदल हुने बताए । बारम्बार मन्त्रिपरिषद् हेरफेरको हल्ला चलेपछि सत्तारूढ दलका अध्यक्ष दाहालले मन्त्री परिवर्तन प्रधानमन्त्रीको कार्यक्षेत्र भएकाले आफूलाई प्रश्न नसोध्न आग्रह समेत गरे ।

मुलुकमा उच्छृंखलता र अराजकता बढेकाले सचेत रहन उनले आग्रह गरे । उनले आफूले कसैमाथि भौतिक प्रतिवादमा उत्रन निर्देशन नदिएको पनि स्पष्ट पारे ।

 

प्रतिक्रिया दिनुहोस्