काठमाडौं, असोज ५ । विभूषित व्यक्ति सम्पर्कमै नआएपछि सरकारले करिब डेढ सय जनालाई प्रदान गरेको मानपदवी (तक्मा) रद्द गर्ने भएको छ ।
पछिल्लो ९ वर्षमा प्रदान गरिएका १४२ पदक गृहमै बेवारिस छन् । सिफारिस व्यक्तिलाई मानपदवी ग्रहण गर्न पटक पटक आग्रह गरिए पनि बेवास्ता गरेको गृह मन्त्रालयले जानकारी दिएको छ ।
मापदण्डलाई आधार बनाएर त्यस्ता मानपदवी फिर्ता वा रद्दसम्बन्धी निर्णय लिन लागिएको गृह मन्त्रालयले जानकारी दिएको छ । पदक फिर्ता वा रद्दको निर्णय मन्त्रिपरिषदले गर्नुपर्छ । –कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्