२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


पशुपतिस्थित बज्रघरअघि भेटिएको बम निस्क्रिय


0
Shares

काठमाडौं, असोज ३ । पशुपति क्षेत्रस्थित बज्रघरअघि भेटिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको छ ।

करिब दुई घन्टा बम भएको हल्ला चलेपछि नेपाली सेनालाई खबर गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. प्रदीप ढकालले राससलाई जानकारी दिए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

बम निस्क्रिय बनाएपछि पशुपति क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइ बम राख्ने समूहको खोजी भइरहेको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ ।

संविधान एवं राष्ट्रिय दिवसका दिन शुक्रबार सार्वजनिक बिदा भएकाले पशुपति क्षेत्रमा भक्तजनको उल्लेख्य उपस्थिति थियो ।

पशुपति मन्दिरमा विशेष चाड पर्व नपरेका दिन पनि कम्तीमा २० हजार भक्तजन आउने गरेको कोषले जनाएको छ ।

बेलुकी वाग्मती सन्ध्या आरतीमा भक्तजनको विशेष भीड लाग्ने गर्छ । रासस